शैखुल्-इस्लाम इब्ने तैमीयह (रहेमहुल्लाह) ले भनेका छन् : “अस्रको सलाहमा सुन्नत सम्बन्धी जति हदीसहरू छन्, ती सबै जइफ मात्र होइनन् एकदमै गलत छन् ।” (फतावा २३/१२५ मा हेर्नुहोस्)
अस्र भन्दा पहिला कुनै खास सुन्नत छैन । तर जमात शुरू हुनमा समय छ भने २/४ रकात वा त्यो भन्दा बढी सुन्नत पढ्न सकिन्छ । तर तोकिएर २ रकात वा ४ रकात वा यति रकात नै पढ्नुपर्छ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैन ।