हुजैफा (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) निन्द्राबाट ब्यूँझेपछि पहिला मिस्वाक (दतिवन) गर्नु हुन्थ्यो ।” (बुखारी : २४५), (मुस्लिम : २५५)
मुस्लिमको अर्को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तहज्जुदको लागि उठेपछि मिस्वाक (दतिवन) ले मुख सफा गर्नु हुन्थ्यो ।” (मुस्लिम : २५५)
हदीसमा ‘यशुसो’ भनिएको छ जसको अर्थ : मिस्वाकले दाँतलाई राम्रोसँग सफा गर्नु हो ।
हुजैफा (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सुत्ने बेला : ‘बिस्मि कल्ला हुम्म अमूतो व अह्या’ र ब्यूँझने बेला : ‘अल्हम्दु लिल्ला हिल्लजी अह् याना बाद मा अमा तना व एलै हिन्नोशूर’ पढ्नु हुन्थ्यो ।” (बुखारी : ६३२४)
इमाम मुस्लिमले उक्त हदीसलाई अर्को सहाबी बरा बिन आजिब (रदियल्लाहु अन्हु) बाट बयान गरेका छन् । (मुस्लिम : २७११)
उपर्युक्त तीनै कुराहरूको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : “मैले आफ्नी सानीमा (रसूल (सल्लल्लाहु अलैहि वसल्लम) की धर्मपत्नी) मैमून: (रदियल्लाहु अन्हा) को घरमा एक रात बिताएँ । म ओछ्यानको चौडाइमा सुतें र उहाँहरू लम्बाईमा सुत्नुभयो । लगभग मध्य राततिर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ब्यूँझनुभयो अनि बसेर आँखा र अनुहारमा हात घस्दै निन्द्रा भगाउनु भयो, फेरी सूरह आलि-इमरानका अन्तिम १० आयतहरूको तिलावत गर्नुभयो । त्यसपछि झुन्डिएको एउटा घैलाबाट राम्रोसँग वजू गर्नुभयो । अनि उभेर सलाह पढ्न थाल्नुभयो ।” (बुखारी : १८३), (मुस्लिम : ७६३)
इमाम मुस्लिमको (हदीस न. : २५६) मा उक्त हदीसलाई अलिकति फरक ढङ्गले यसरी वर्णन गरिएको छ : “उहाँ रातको अन्तिम प्रहरमा ब्यूँझपछि बाहिर निस्केर खुल्ला आकाशतिर हेर्नुभयो अनि सूरह आलि-इमरानको निम्न आयत ‘इन्न फी खल्किस्समावाते वल्-अर्दे, वख्तिला फिल्लैले वन्नहारे ल आयातिन् ले ऊलिल्-बाब ...’ को तिलावत गर्नुभयो ।
अर्थ : “वास्तवमा, पृथ्वी एवं आकाशहरूको सृष्टि र रात-दिनको हेरफेरमा बुद्धिजीवीहरूका लागि निशानीहरू छन् ।” (सूरह आलि-इमरान : १९०)
अनुहारमा हात घस्नुको अर्थ निन्द्रा भगाउनु हो ।
उक्त सुन्नतलाई आफ्नो जीवनमा उतार्ने व्यक्तिको लागि मुस्लिमको हदीसमा अझ बढी व्याख्या गरिएको छ ‘इन्न फी खल्किस्समावाते’ देखि लिएर अन्तिम आयतसम्म पढ्नुपर्छ ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही निन्द्राबाट ब्यूँझिन्छ भने आफ्नो हातलाई ३ चोटि सफा नगरून्जेल पानी भित्र नहालुन्, किनकि उसको हात कता पुगेको छ, उसलाई थाहा हुँदैन ।” (बुखारी : १६२), (मुस्लिम : २७८)
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही सुतेर ब्यूँझिन्छ भने नाकमा ३ पटक पानी तानेर सफा गर, किनभने शैतानले उसको नाकको नथीमा रात बिताउँछ ।” (बुखारी : ३२९५), (मुस्लिम : २३८)
बुखारीको अर्को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही निन्द्राबाट उठ्छ भने वजू गर्दा नाकलाई ३ पटक झारेर सफा गर ।” (बुखारी : ३२९५)
वजू गर्नुको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झुन्डिएको घैलाबाट राम्रोसँग वजू गर्नुभयो । अनि उभेर सलाह पढ्न थाल्नुभयो ।” (बुखारी : १८३), (मुस्लिम : ७६३)
वजूको वर्णन गर्दा यसका केही महत्वपूर्ण सुन्नतहरू छोटकरीमा बयान गर्नु सान्दर्भिक होला ।