यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “छिटो मस्जिद जाँदा कति पुण्य छ, मानिसहरूलाई थाहा हुने हो भने उनीहरू त्यसको लागि प्रतिस्पर्धा गर्नेछन् ।” (बुखारी : ६१५), (मुस्लिम : ४३७)
हदीसमा ‘तह-जीर’ शब्दको प्रयोग गरिएको छ । जसको अर्थ नै सलाहको लागि छिटो जानु हो ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक्लै घरमा वा बजारमा पढेको नमाजको तुलनामा जमातको साथमा पढ्नाले २७ गुणा ज्यादा पुण्य मिल्छ । किनभने जब कोही वजू गरेर मस्जिदमा सलाह पढ्ने उद्देश्यले आउँछ भने मस्जिद नपुगुन्जेल उसले जति कदम चाल्छ, हरेक कदममा एउटा नेकी पाउँछ र एउटा पाप क्षमा हुन्छ । त्यसैगरी “मस्जिदमा सलाहको प्रतिक्षामा बस्दा जबसम्म उसले कसैलाई दु:ख दिदैन र उसको वजू टुट्दैन, तबसम्म फरिश्ताले उसको लागि दुआ गरिरहन्छ; हे अल्लाह, ऊमाथि दया गर, हे अल्लाह, उसलाई क्षमा गरीदेऊ । हे अल्लाह, उसको तौबा कबुल गर ।” (मुस्लिम : ६४९)
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकामत सुनेपछि हतार नगरी मस्जिदतर्फ जाऊ, जति पायौ त्यति सलाह पढ र जे छुट्यो त्यसलाई पुरा गर ।” (बुखारी : ६३६), (मुस्लिम : ६०२)
इमाम नौवी (रहेमहुल्लाह) ले ‘सकिनः’ शब्दको व्याख्या गर्दै भनेका छन् : “सकिनः भनेको नम्रता वा धैर्यता हो र ‘वकार’ भनेको शालीनता र भद्र व्यवहार हो ।” (शर्हुन्नौवी लेमुस्लिम, हदीस न० ६०२ मा हेर्नुहोस्)
यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन् : “मस्जिदमा प्रवेश गर्दा पहिला दायाँ खुट्टा भित्र राख्नु र निस्कदा देब्रे खुट्टा बाहिर निकाल्नु सुन्नत हो ।” (हाकिम १/३३८) हाकिमले यो हदीसलाई मुस्लिमको शर्त अनुसार ‘सही’ भनेका छन् ।
यसको प्रमाण : अबू-हुमैद या अबू-ओसैद (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मस्जिदमा प्रवेश गर्दा दुआ ‘अल्ला हुम्मफ्-तहली अब्वाब रहमतिक’ र निस्कदा ‘अल्ला हुम्म इन्नी अस्अलु क मिन् फज्लिक’ पढ्ने गर ।” (मुस्लिम : ७१३)
यदि कोही जमात शुरू हुनु भन्दा पहिला मस्जिदमा आउँछ भने उसले बस्नु भन्दा पहिला २ रकात तहीयतुल्-मस्जिद पढ्नुपर्छ ।
यसको प्रमाण : अबू-कतादह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कोही मस्जिदमा प्रवेश गर्छ भने २ रकात नपढुन्जेल नबसुन् ।” (बुखारी : ११६३), (मुस्लिम : ७१४)
स्मरण रहोस् : फज्र र जोहरको सलाहका सुन्नत मोअक्कदा पढिसकेपछि पुनः तहीयतुल्-मस्जिद पढ्नु पर्दैन । त्यसैगरी चाश्त वा वित्रको सलाह पढिसकेपछि पुनः तहीयतुल्-मस्जिद पढ्नु पर्दैन । किनभने यी सुन्नतहरूले तहीयतुल्-मस्जिदको उद्देश्य पुरा हुन्छ ।
पुरूषहरू छिटो गएर पहिलो सफ (पंक्ति) मा सामेल हुनु सुन्नत हो । किनभने पुरूषको लागि प्रथम सफ र महिलाको लागि अन्तिम सफ राम्रो हो ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “पुरूषहरूको सबैभन्दा विशिष्ट सफ (पंक्ति) पहिलो सफ हो र सबैभन्दा कमसल सफ अन्तिम सफ हो । महिलाहरूको सबैभन्दा विशिष्ट सफ अन्तिम सफ हो र सबैभन्दा कमसल सफ पहिलो सफ हो ।” (मुस्लिम : ४४०)
यदि पुरूष र महिलाको जमात एकसाथ हुन्छ र बीचमा केही पर्दा वा बाधक छैन भने त्यो अवस्थामा महिलाको सबैभन्दा विशिष्ट सफ अन्तिम सफ हुनेछ, किनभने यसरी अन्तिम सफमा महिलाहरूको जमात हुने हुदा उनीहरू पुरूषहरूको आँखाबाट टाढा हुन्छ ।
तर बीचमा कुनै पर्दा वा पर्खाल छ वा मस्जिदमा महिलाको लागि छुट्टै सलाह पढ्ने व्यवस्था गरिएको छ भने महिलाको लागि पनि पहिलो सफ नै विशिष्ट हुन्छ ।
पहिलो सफको महत्वबारे केही हदीसहरू यस प्रकार छन् :
अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अजान र पहिलो सफ (पंक्ति) को कति महत्व छ ? यदि मानिसहरूलाई थाहा हुने हो भने उनीहरू पहिलो सफ (पंक्ति) मा सलाह पढ्न गोलाप्रथा गर्न बाध्य हुनेछन् । त्यसैगरी सलाहको लागि मस्जिदमा छिटो जाँदा कति पुण्य मिल्छ भन्ने कुरा थाहा हुने हो भने उनीहरू प्रतिस्पर्धा गर्नेछन् । ईशा र फज्रको सलाहको कति महत्व छ भन्ने कुरा मानिसहरूलाई थाहा हुने हो भने उनीहरू घिस्रेरे भए पनि सलाहको लागि आउनेछन् ।” (बुखारी : ६१५), (मुस्लिम : ४३७)
मुक्तदीले सर्वप्रथम पहिलो सफ (पंक्ति) मा त्यो पनि इमाम नजिकै दायाँबायाँ सलाह पढ्नु राम्रो कुरा हो र उसले अन्य व्यक्तिहरूले भन्दा बढी पुण्य पाउँछ ।
यसको प्रमाण :
अब्दुल्लाह बिन मसऊद (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये विवेक र चेतनशील व्यक्तिहरू मेरो नजिक सलाह पढुन् ।” (अबू-दाऊद : ६७४), (तिर्मिजी :२२८)
दायाँबायाँ जहाँ भए पनि इमामको नजिक हुनु जरूरी छ भन्ने कुरा यो हदीसले प्रमाणित हुन्छ ।