languageIcon
search
search
बिहान र बेलुकाका अज्कारहरू बिहान र बेलुकाका अज्कारहरू ( यसका रकातहरू 4 अध्यायहरू )

1 पटक

brightness_1

اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ لَا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ مَنْ ذَا الَّذِي يَشْفَعُ عِنْدَهُ إِلَّا بِإِذْنِهِ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يُحِيطُونَ بِشَيْءٍ مِنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ وَسِعَ كُرْسِيُّهُ السَّمَاوَاتِ وَالْأَرْضَ وَلَا يَئُودُهُ حِفْظُهُمَا وَهُوَ الْعَلِيُّ الْعَظِيمُ

सुत्ने बेला आ य तुल्-कुर्सी पढ्नु सुन्नत हो । किनभने यो दुआ पढिसकेपछि बिहान हुन्जेलसम्म शैतानले दु:ख दिन र हानि पुर्याउन सक्दैनन् ।

यसको प्रमाण : यो अबू-हुरैरह (रदियल्लाहु अन्हु) को प्रसिद्ध र सत्य कथा हो । जुन कथामा शैतानले चोरको भेषमा जकातको माल चोरी गर्ने प्रयास गर्छ र चोरी समातिएपछि शैतानको उपद्रवबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा सिकाएर छुटेर गएको हुन्छ । .... रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अबू-हुरैरह (रदियल्लाहु अन्हु) सित सोध्नुभयो : “तिम्रो कैदीले रातमा के गर्यो ?” उनले जवाफ दिए- हजुर, त्यो चोरले भन्यो : ‘म तिमीलाई केही लाभदायक कुराहरू सिकाउँछु र उसले त्यो कुरा सिकाएपछि मैले उसलाई जान दिएँ’ । उहाँले सोध्नुभयो - “उसले के सिकायो त ?” मैले भनें - उसले भन्यो, जब तिमी ओछ्यानमा जान्छौ भने ‘आ य तुल्-कुर्सी’ पढ्नु । किनभने यो पढिसकेपछि बिहान हुन्जेलसम्म अल्लाहको फरिश्ताले तिमीलाई सुरक्षा दिनेछ र शैतानले दु:ख दिन सक्दैनन् । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : तिमीलाई थाहा छ, तिमी ३ दिनदेखि को सित कुराकानी गरिरहेका थियौ ? त्यो शैतान थियो । हुनत उ एक नम्बरको झूठो हो तर, उसले तिमीलाई सही कुरा भनेको छ ।” बुखारी ले : २३११ मा मोअल्लक बयान गरेका छन्, तर निसाईले : सुननुल्-कुब्रा : १०७९५ मा मौसुलन बयान गरेका छन् ।    

.......

1 पटक

brightness_1

यसको प्रमाण : अबू-मस्ऊद अल्-अन्सारी (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले रातमा सूरह बकरह को अन्तिम २ आयत पढ्छ भने यो उसको लागि पर्याप्त हुन्छ ।” (बुखारी : ४००८), (मुस्लिम : ८०७)

स्मरण रहोस् : हुनत यो रातमा पढिने दुआ हो । यदि कसैले साँझपख पढ्न सकेन भने उसले सुत्ने बेला पढ्न सक्छ ।

पर्याप्त (क फ ताहु) शब्दको अर्थमा धर्मविद्हरूका केही भनाइहरू :

१) रातको कयामबाट पर्याप्त हुन्छ ।

२) शैतानको उपद्रवबाट सुरक्षित हुन्छ ।

३) दु:ख र प्रकोपबाट सुरक्षित हुन्छ ।

इमाम नौवी (रहेमहुल्लाह) ले ‘उल्लेखित सम्पूर्ण अर्थ हुनसक्छ’ भनेका छन् । (उहाँको प्रसिद्ध किताब : शर्हुन्नौवी लेमुस्लिम, हदीस न० ८०८ मा हेर्नुहोस्)

.......

3 पटक

brightness_1

यसको प्रमाण :

आइशा (रदियल्लाहु अन्हा) ले बयान गरेकी छिन्, “जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो ओछ्यानमा जानुहुन्थ्यो तब उहाँ प्रत्येक रात आफ्नो दुवै हत्केला जम्मा गरी थुक मिसाएर फुक्नु हुन्थ्यो अनि तीनै कुल ‘सूरतुल्-एख्लास र मोऔ व ज तैन (कुल् अ ऊजो बिरब्बिबल् फलक्’ र ‘कुल अ ऊजो बिरब्बिबन्नास्) पढ्नुहुन्थ्यो । त्यसपछि आफ्नो टाउको र अनुहारबाट शुरू गरी पुरै शरीरमा ३ पटक हात घस्नुहुन्थ्यो ।” (बुखारी : ५०१७)

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात (तीनै कुल) पढेर शरीरमा हात घस्नु हुन्थ्यो भन्ने कुरा प्रमणित हुन्छ ।

हामीले पनि उहाँको सुन्नतलाई आफ्नो जीवनमा उतार्दै सुत्ने बेला त्यसरी नै दुवै हत्केला जम्मा गरी थुक मिसाएर फुक्नु अनि तीनै कुल पढेर आफ्नो टाउको र अनुहारबाट शुरू गरी पुरै शरीरमा ३ पटक घस्नु सुन्नत हो ।

.......

1 पटक

brightness_1

اللَّهُمَّ رَبَّ السَّمَاوَاتِ وَرَبَّ الأَرْضِ وَرَبَّ الْعَرْشِ الْعَظِيمِ، رَبَّنَا وَرَبَّ كُلِّ شَيْءٍ، فَالِقَ الْحَبِّ وَالنَّوَى، وَمُنْزِلَ التَّوْرَاةِ وَالإِنْجِيلِ وَالْفُرْقَانِ، أَعُوذُ بِكَ مِنْ شَرِّ كُلِّ شَيْءٍ أَنْتَ آخِذٌ بِنَاصِيَتِهِ، اللَّهُمَّ أَنْتَ الأَوَّلُ فَلَيْسَ قَبْلَكَ شَيْءٌ ، وَأَنْتَ الآخِرُ فَلَيْسَ بَعْدَكَ شَيْءٌ، وَأَنْتَ الظَّاهِرُ فَلَيْسَ فَوْقَكَ شَيْءٌ، وَأَنْتَ الْبَاطِنُ فَلَيْسَ دُونَكَ شَيْءٌ، اقْضِعَنَّا الدَّيْنَ وَأَغْنِنَا مِنَ الْفَقْرِ

‘अल्लाहुम्म रब्बस्समावाते व रब्बल्-अर्दे व रब्बल्-अर्शिल्-अजीम, रब्बना व रब्ब कुल्ले शै, फालेकल्-हब्बे वन्नवा व मुन्जेलत्तौराते वल्-इन्जीले वल्-फुर्कान, अऊजुबिक मिन् शर्रे कुल्ले शैइन् अन्त आखेजुन बिनासीयतेही, अल्लाहुम्म अन्तल्-औव्वलो फलैस कब्लक शै, व अन्तल्-आखेरो फलैस बादक शै, व इन्तज्जाहेरो फलैस फौकक शै, व अन्तल्-बातिनो फलैस दूनक शै, इक्दे अन्ना अद्दैन व अग्नेना मिनल्-फक्रे’ । (मुस्लिम : २७१३)

.......

100 पटक

brightness_1

سبحان الله (33)، الحمد لله (33)، الله أكبر (34) م

रातमा सुत्ने बेला ३३ चोटि ‘सुब्हानल्लाह’, ३३ चोटि ‘अल्हम्दु-लिल्लाह’ र ३४ चोटि ‘अल्लाहु-अक्बर’ भन्नु सुन्नत हो र यसले मानिसलाई शारीरिक शक्ति पनि प्रदान गर्छ ।

यसको प्रमाण : अली (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, चक्की पिस्दा-पिस्दै फातिमा (रसूल सल्लल्लाहु अलैहि वसल्लमकी कान्छी छोरी) को हातमा ठेला उठेको थियो । उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ युद्धका केही कैदीहरू ल्याइएका थिए । एउटा कामदार मलाई पनि चाहियो भनेर फातिमा (रदियल्लाहु अन्हा) आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रदियल्लाहु अन्हा) सित गरेर फर्किन् । उहाँ आउनु भएपछि आइशा (रदियल्लाहु अन्हा) ले सबै कुरा भनिन् । त्यसपछि उहाँ हाम्रो घर आउनुभयो । हामी ओछ्यानमा गइसकेका थियौं । हामी उहाँको लागि उभिन खोज्यौं, तर उहाँले तिमीहरू उठ्नु पर्दैन, बस भन्दै हामी दुवैजनाको बीचमा बस्नुभयो । मैले उहाँको गोडाको चिसोपन पनि महसुस गरें । उहाँले भन्नुभयो : “के म तिमीहरूलाई त्यो कुरा नभनुँ, जुन तिमीहरूले मागेको भन्दा उत्तम छ ? ल सुन, सुत्ने बेला ३४ पटक ‘अल्लाहु-अक्बर’, ३३ पटक ‘सुब्हानल्लाह’ र ३३ पटक ‘अल्हम्दु-लिल्लाह’ भन, यो तिमीहरूको लागि कामदार भन्दा पनि उत्तम छ ।” (बुखारी : ३७०५), (मुस्लिम : २७२७)

अर्को हदीसमा छ, अली (रदियल्लाहु अन्हु) ले भनेका छन् : “जुन दिनदेखि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेको छु, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन । उनीसँग सोधियो- सिफ्फीनको रातमा पनि ? उनले जवाफ दिए : हो सिफ्फीनको रातमा पनि छोडेको छैन ।” (बुखारी : ५३६२), (मुस्लिम : २७२७)

.......

1 पटक

brightness_1

اللَّهُمَّ إِنِّي أَسْلَمْتُ وَجْهِي إِلَيْكَ، وَفَوَّضْتُ أَمْرِي إِلَيْكَ، وَأَلْجَأْتُ ظَهْرِي إِلَيْكَ، رَغْبَةً وَرَهْبَةً إِلَيْكَ. لاَ مَلْجَأَ وَلاَ مَنْجَا مِنْكَ إِلاَّ إِلَيْكَ، آمَنْتُ بِكِتَابِكَ الَّذِي أَنْزَلْتَ، وَبِنَبِيِّكَ الَّذِي أَرْسَلْتَ

‘अल्लाहुम्म इन्नी असल्म्तु वज्ही एलैक, व फौव्वदतो अम्री एलैक, व अल्-जातो जहरी एलैक, रगबतन व रहबतन एलैक, ला मलजअ वला मन्जअ मिन्क इल्ला एलैक, आमन्तु बिकिताबे कल्लजी अन्जलत व बिनबीय्ये कल्लजी अर्सल्त’ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उक्त दुआ बयान गरेपछि भन्नुभयो : “कुराकानी सकाएर अन्तमा यो दुआ पढ र यताउता केही कुरा नगर । यसो गर्दा बिहान हुँदा तिमी सकुशल र मंगलमय रहनेछौ र यदि त्यही रातमा निधन भयो भने तिमी इस्लाममाथि मर्नेछौ । (बुखारी : २४७), (मुस्लिम : २७१०)

उक्त हदीसले निम्न लिखित कुराहरू प्रमाणित हुन्छ :

१) रातमा घरपरिवार वा साथीभाईहरूसँग कुराकानी सकाएर यो दुआ सबैभन्दा अन्तमा पढ्नु सुन्नत हो ।

२) यो अति महत्वपूर्ण दुआ हो, यदि कसैको त्यही रातमा निधन हुन्छ भने उसको इस्लाममाथि निधन हुनेछ ।

३) यदि बिहान अल्लाहले जीवितै उठाउनु भए भने ऊ सकुशल र मंगलमय रहनेछ र उसको रोजीरोटी, स्वास्थ्य र सत्कर्म सबैमा वृद्धि हुनेछ ।

.......

1 पटक

brightness_1

اللَّهُمَّ أَنْتَ رَبِّي لَا إِلَهَ إِلَّا أَنْتَ خَلَقْتَنِي وَأَنَا عَبْدُكَ وَأَنَا عَلَى عَهْدِكَ وَوَعْدِكَ مَا اسْتَطَعْتُ أَعُوذُ بِكَ مِنْ شَرِّ مَا صَنَعْتُ أَبُوءُ لَكَ بِنِعْمَتِكَ عَلَيَّ وَأَبُوءُ لَكَ بِذَنْبِي فَاغْفِرْ لِي فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ

 

त्यसैगरी एउटा अर्को महत्वपूर्ण दुआ छ । यो अल्लाहको कुनै वरदान भन्दा कम छैन । जसको नाम ‘सैयेदुल्-इस्तिग-फार’ हो ।

सैयेदुल्-इस्तिग-फार :अल्लाहुम्म अन्त रब्बी, ला इला ह इल्ला अन्त, खल्क्तनी व अन अब्दोक व अन अला अह्दिक व वाअ्दिक मस्तताअ्तो, अऊजूबिक मिन् शर्रे मा सनाअ्तो, अबूओ ल क बि निअ्मतिक अलै-य व अबूऊ ल क बि बिजम्बी, फग्फिरली, फइन्नहु ला याग्फे रूज्जोनूब इल्ला अन्त ।

शद्दाद बिन औस (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र त्यही दिनमा उसको निधन हुन्छ भने ऊ निस्सन्देह जन्नतमा जानेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ साँझ उक्त दुआ पढ्छ र त्यही रातमामा उसको निधन हुन्छ भने निस्सन्देह जन्नतमा जानेछ ।” (बुखारी : ६३०६)

.......