languageIcon
search
search
beforeFajronColorIcon सोनन् मौकूतह/ चाश्त (जोहा) को समय/ ( यसका रकातहरू 4 सुन्नतहरू )
brightness_1 चाश्तको समयमा चाश्त (जोहा, औवाबीन) को सलाह पढ्नु सुन्नत हो ।

यसको प्रमाण :

क) अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई ३ कुराहरूको वसीयत गर्नुभएको छ : “प्रत्येक महिनामा ३ दिनको बर्त बस्नु, चाश्त (जोहा) को २ रकात सलाह पढ्नु र सुत्नु भन्दा पहिला वित्र पढ्नु ।”

त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अबू-दर्दा (रदियल्लाहु अन्हु) लाई पनि त्यही ३ कुराहरूको वसीयत गर्नुभएको छ ।” (मुस्लिम : ७२२)

त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अबू-जर (रदियल्लाहु अन्हु) लाई पनि त्यही ३ कुराहरूको वसीयत गर्नुभएको छ । (निसाई फिस्-सुननुल्-कुब्रा : २७१२) र शैख अल्बानी (रहेमहुल्लाह) ले सहीहा : २१६६ मा ‘सही’ भनेका छन् ।

ख) अबू-जर (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूको शरीरमा जति जोर्नीहरू छन्, ती सबैमाथि सद्का (दान) अनिवार्य छ, ‘सुब्हानल्लाह’ भन्नु सद्का हो, ‘लाइला ह इल्-लल्लाह’ भन्नु सद्का हो, ‘अल्लाहु-अक्बर’ भन्नु सद्का हो, सत्कर्मको आदेश दिनु र कुकर्मबाट जोगाउनु सद्का हो । सुन, चाश्त (जोहा) को २ रकात सलाह पढ्नु सद्का हो र यो सद्का तिम्रो शरीरमा भएका सम्पूर्ण ३६० जोर्नीहरू लागि पर्याप्त हुन्छ ।” (मुस्लिम : ७२०)

यो हदीसमा ‘सोलामा’ शब्द प्रयोग गरिएको छ, जसको अर्थ जोर्नी हो ।

आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मानिसको शरीरमा ३६० जोर्नीहरू छन् र जसले प्रत्येक जोर्नीप्रति सद्का दियो, उसले त्यो दिन आफुलाई नर्कबाट जोगायो ।” (मुस्लिम)

brightness_1 चाश्त (जोहा) को समय :

चाश्त (जोहा) को समय : सूर्योदयको आधा घण्टापछि चाश्तको समय आरम्भ हुन्छ र जवाल (जोहर सलाह भन्दा १०-१५ मिनेट पहिले) सम्म रहन्छ ।

चाश्त (जोहा) सलाहको प्रमाण : अम्र बिन अ ब सह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “फज्र पढिसकेपछि सूर्य उदय भइ अलि माथि नहुन्जेल सलाह नपढ, किनभने शैतानका दुवै सिङको बीचबाट सूर्योदय हुन्छ र त्यति बेला काफिरहरू सूर्यनमस्कार गर्छन् । त्यसपछि जवाल (जोहर भन्दा १०-१५ मिनेट पहिला) नहुन्जेलसम्म सलाह पढ, किनभने यस सलाहमा फरिश्ताहरू हाजिर हुन्छन् । जवालको समयमा जहन्नमको आगो भड्काइन्छ ।” (मुस्लिम : ८३२)

brightness_1 यसको रकात :

चाश्त (जोहा) को सलाह : कम्तीमा २ रकात पढ्नुपर्छ ।

यसको प्रमाण : माथि अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा प्रस्तुत भइसकेको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई ३ कुराहरूको वसीयत गर्नुभएको छ : “जसमध्ये चाश्त (जोहा) को २ रकात सलाह पढ्नु हो ।” (मुस्लिम : ७२१)

बढीमा कति रकात पढ्ने : यसबारे केही ओलमाहरूले ८ रकात भनेका छन्, तर अल्लाह तआलाले जति शक्ति दिनुहुन्छ त्यति रकात पढ्नु नै उत्कृष्ट हो ।

यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) ले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) चाश्त (जोहा) को सलाह कहिले ४ रकात र कहिले अल्लाह तआलाले जति पढ्ने शक्ति दिनुहुन्थ्यो त्यति पढ्नुहुन्थ्यो ।” (मुस्लिम : ७२१)