languageIcon
search
search
beforeFajronColorIcon सोनन् मौकूतह/ फज्रको समय ( यसका रकातहरू 2 अध्यायहरू )
brightness_1 दिन-रातमा पढिने यो पहिलो ‘सुन्नत मोअक्कदा’ हो ।

सुन्नत मोअक्कदा : ती १२ रकात सुन्नतहरू हुन्, जुन फर्ज सलाहहरूदेखि कहिल्यै पनि अलग हुँदैन । कुनै फर्ज भन्दा पहिले र कुनै फर्ज भन्दा पछि पढ्नुपर्दछ ।

उम्मे हबीबह (रदियल्लाहु अन्हा) को हदीसमा छ, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्दै गरेको सुनिन् : “जसले दिन-रातमा फर्ज बाहेक १२ रकात सुन्नत (अतिरिक्त सलाह) हरू पढ्छ, अल्लाह तआलाले उसको लागि स्वर्गमा घर बनाउनु हुनेछ ।(मुस्लिम : ७२८)

तिर्मिजीको हदीसमा अझ बढी व्याख्या गरिएको छ : “जोहर सलाहमा; फर्ज सलाह भन्दा पहिला ४ रकात (२-२ रकात गरी पढ्नु) र फर्जपछि २ रकात, मग्रिब सलाहमा; फर्जपछि २ रकात, ईशा सलाहमा; फर्जपछि २ रकात र फज्र सलाहमा; फर्ज सलाह भन्दा पहिला २ रकात ।(तिर्मिजीले न० ४१५ मा हसन ‘सही’ भनेका छन्)

brightness_1 फज्रको सुन्नतमा पहिलो रकातमा सूरह फातिहापछि ‘सूरह काफिरून’ र दोस्रो रकातमा ‘सूरह एख्लास’ पढ्नु सुन्नत हो ।

फज्रको सुन्नतका विशेषताहरू :

४) फज्रको सुन्नतमा पहिलो रकातमा सूरह फातिहापछि ‘सूरह काफिरून’ र दोस्रो रकातमा ‘सूरह एख्लास’ पढ्नु सुन्नत हो । (मुस्लिम)

अथवा पहिलो रकातमा सूरह फातिहापछि सूरह बकरहको आयत न० १३६ ‘कूलू आमन्ना बिल्लाही’ ..... देखि ‘व नह्-नो लहू मुसलेमून’ सम्म पढ्नु । (सूरह अल्-बकरह : १३६)

र दोस्रो रकातमा सूरह फातिहापछि सूरह आले इमरानको आयत न० ५२ ‘कुल या अहलल्-किताबे तआलौ .... देखि ‘बे अन्ना मुसलेमून’ सम्म पढ्नु सुन्नत हो । (मुस्लिम)

फज्रको सुन्नतमा दुवै तरिकाहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन्, त्यसैले दुवै तरिकाले पढ्नु सुन्नत हो ।