languageIcon
search
search
brightness_1 सकेसम्म हाईलाई रोक्नु वा मुखमा हात राख्नु सुन्नत हो ।

यसको प्रमाण :

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह तआलाले हाछ्युलाई मनपराउनु हुन्छ तर हाईलाई घृणा गर्नुहुन्छ । यदि कसैले हाछ्युपछि अल्हम्दु-लिल्लाह भन्छ, उसको जवाफ दिनु वाजिब हो । तर हाई गर्नु, शैतानको तर्फबाट हो । सकेसम्म यसलाई मुखले दबाएर रोक्नुपर्छ । यदि हाई गर्दै हा, हा आवाज निकाल्छ भने शैतान खुशी हुन्छ र हाँस्न थाल्छ ।” (बुखारी : २६६३)

अबू-सईद अल्-खुदरी (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरू हाई गर्छौ भने सकेसम्म मुखमा हात राख, किनभने शैतान मुख भित्र प्रवेश गर्छ ।” (मुस्लिम : २९९५)

हाई रोक्ने तरिका : मुखलाई दाँतले बन्द गर्नु वा हातले मुख छोप्नु ।

brightness_1 त्यसैगरी हाई गर्नेले आवाज निकाल्नु; हा, आहहह इत्यादि गर्नु राम्रो होइन ।

त्यसैगरी हाई गर्नेले आवाज निकाल्नु; हा, आहहह इत्यादि गर्नु राम्रो होइन । किनभने यस्तो हर्कतबाट शैतानले हाँस्ने मौका पाउँछ ।”

यसको प्रमाण :

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह तआलाले हाछ्युलाई मनपराउनु हुन्छ र हाईलाई घृणा गर्नुहुन्छ । यदि कसैले हाछ्युपछि अल्हम्दु-लिल्लाह भन्छ भने उसको जवाफ दिनु वाजिब हो । तर हाई गर्नु, शैतानको तर्फबाट हो । सकेसम्म यसलाई रोक्नुपर्छ । यदि आवाज (हा, आहहह) निकाल्दै हाई गर्छ भने शैतान रमाउँछ र खुशी हुदै हाँस्छ ।” (बुखारी : २६६३), (मुस्लिम : २९९४)