languageIcon
search
search
beforeFajronColorIcon सोनन् गैर-मौकूतह/ हाछ्युका सुन्नतहरू/ ( यसका रकातहरू 2 सुन्नतहरू )
brightness_1 हाछ्यु गर्ने व्यक्तिले ‘अल्हम्दु-लिल्लाह’ भन्नु सुन्नत हो ।

यसको प्रमाण :अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कसैलाई हाछ्यु आउँछ भने उसले ‘अल्हम्दु-लिल्लाह’ भन्नु, सुन्ने व्यक्तिले यसको जवाफमा ‘यर्हमुकल्लाह’ भन्नु र हाछ्यु गर्ने व्यक्तिले पुनः ‘यह्दीकोमुल्लाह’ भन्नु ।” (बुखारी : ६२२४)

त्यसैगरी हाछ्यु गर्नेले कहिलेकाहीं ‘अल्हम्दु लिल्लाहि अला कुल्ले हाल’ पनि भन्नु सुन्नत हो ।

यसको प्रमाण : “.....तिमीहरूमध्ये कसैले हाछ्यु गर्छ भने उसले ‘अल्हम्दु लिल्लाहि अला कुल्ले हाल’ भन्नु ।” (अबू-दाऊद : ५०३१) र इब्ने कैय्यिम (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘सही’ भनेका छन् । (जादुल्-मआद २/४३६ मा हेर्नुहोस्)

सुन्ने व्यक्तिले हाछ्युको जवाफमा ‘यर्हमुकल्लाह’ भन्नु र हाछ्यु गर्ने व्यक्तिले पुनः ‘यह्दीकोमुल्लाह’ भन्नु पनि सुन्नत हो भन्ने कुरा उपर्युक्त अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसले छर्लङ्ग हुन्छ ।

brightness_1 हाछ्यु गर्नेले ‘अल्हम्दु-लिल्लाह’ भनेनन् भने उसको जवाफ नदिनु ।

हाछ्यु गर्नेले ‘अल्हम्दु-लिल्लाह’ भनेनन् भने उसलाई ‘यह्दीकोमुल्लाह’ नभन्नु नै सुन्नत हो ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन् : “दुइजनाले हाछ्यु गरे, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकजनालाई दुआ दिनुभयो तर अर्कोलाई दिनुभएन । अर्कोले सोध्यो - ‘हजुरले उसलाई दुआ दिनुभयो तर मेरो लागि किन दुआ दिनुभएन ? उहाँले जवाफमा भन्नुभयो : “उसले हाछ्यु गरेपछि ‘अल्हम्दु-लिल्लाह’ भनेको थियो तर, तिमीले भनेनौ ।” (बुखारी : ६२२५)

अबू-मूसा (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, “तिमीहरूमध्ये कसैले हाछ्युपछि ‘अल्हम्दु-लिल्लाह’ भन्छ भने उसको जवाफमा ‘यर्हमुकल्लाह’ भन्नु र ‘अल्हम्दु-लिल्लाह’ भनेनन् भने उसको जवाफ दिनु ।” (मुस्लिम : २९९२)

तर, जहाँ उद्देश्य शिक्षा र प्रशिक्षण दिनु हो भने त्यो बेला शिक्षकले विधार्थीलाई र बुवा-आमाले नानीबाबुहरूलाई ‘अल्हम्दु-लिल्लाह’ भन्नु पर्छ भनेर तालिम दिनुपर्छ, किनभने उनीहरू अनभिज्ञ पनि त हुनसक्छन् ।

त्यसैगरी कसैलाई रूघाखोकी लागेको छ भने ३ पटकसम्म मात्र दुआ दिने अनि त्यसपछि नदिने ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “आफ्नो दाजुभाईलाई ३ पटकसम्म दुआ देऊ, यदि त्यो भन्दा बढी हाछ्यु आउँछ भने त्यो रूघाखोकी हो ।” (अबू-दाऊद : ५०३४) र शैख अल्बानी (रहेमहुल्लाह) ले (मौकुफन र मर्फुअन) ‘हसन’ भनेका छन् । (सही अबू-दाऊद : ४/३०८ मा हेर्नुहोस्)

त्यसैगरी सल्मा बिन अक्वह (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, एकजनाले हाछ्यु गर्यो अनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘यर्हमुकल्लाह’ भनेर जवाफ दिनुभयो, उसले फेरी हाछ्यु गर्यो अनि उहाँले भन्नुभयो : “यसलाई रूघाखोकी लागेको छ ।” (मुस्लिम : ७६३)

हाछ्यु गर्नेलाई २ अवस्थामा जवाफ नदिने :

१) ‘अल्हम्दु-लिल्लाह’ नभनेपछि ।

२) ३ पटक भन्दा बढी भएपछि ।