languageIcon
search
search
brightness_1 अजानको जवाफ दिनु ।

अजान हुने बेला सुन्नेले मुअज्जिन (अजान दिने व्यक्ति) ले जस्तै उसको पछि-पछि दोहोर्याउनु पर्छ, तर ‘हय्य अलस्सलाह’ र ‘हय्य अलल्फलाह’ को जवाफमा (लाहौ ल वला कुव्व त इल्ला बिल्लाह) भन्नुपर्छ ।

यसको प्रमाण : अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरू अजान सुन्छौ, मुअज्जिन (अजान दिने व्यक्ति) ले भने जस्तै तिमीहरू पनि उसको पछि-पछि भन्दै गर ।” (मुस्लिम : ३८४)

उमर बिन खत्ताब (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “जब मुअज्जिन (अजान दिने व्यक्ति) ले ‘अल्लाहु-अक्बर’ भन्छ, तिमी पनि ‘अल्लाहु-अक्बर’ भन । जब उसले ‘अश्हदु अल्ला इला ह इल्लल्लाह’ भन्छ, तिमी पनि ‘अश्हदु अल्ला इला ह इल्लल्लाह’ भन । जब उसले ‘अश्हदु अन्न मुहम्म दर्रसूलुल्लाह’ भन्छ, तिमी पनि ‘अश्हदु अन्न मुहम्म दर्रसूलुल्लाह’ भन । जब उसले ‘हय्य अलस्सलाह’ भन्छ, तिमी उसको जवाफमा ‘लाहौ ल वला कुव्व त इल्ला बिल्लाह’ भन । जब उसले ‘हय्य अलल्फलाह’ भन्छ, तिमी उसको जवाफमा ‘लाहौ ल वला कुव्व त इल्ला बिल्लाह’ भन । जब उसले ‘अल्लाहु-अक्बर’ भन्छ, तिमी पनि ‘अल्लाहु-अक्बर’ भन । जब उसले ‘ला इला ह इल्लल्लाह’ भन्छ, तिमी पनि ‘ला इला ह इल्लल्लाह’ भन । जसले यस अजानलाई मुअज्जिनको पछि-पछि हृदयदेखि भन्छ, ऊ स्वर्गमा जानेछ ।” (मुस्लिम : ३८५)

फज्रको अजानमा ‘अस्-सलातो खैरूम्-मिनन्-नौम’ । (उठेर सलाह पढ्नु, निन्द्रा भन्दा बेश हो) को जवाफमा पनि ‘अस्-सलातो खैरूम्-मिनन्-नौम’ नै भन्नुपर्छ ।

brightness_1 अजानपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु ।

यसको प्रमाण : अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरू अजान सुन्छौ, मुअज्जिन (अजान दिने व्यक्ति) ले भने जस्तै उसको पछि-पछि तिमीहरू पनि भन, फेरी ममाथि दरूद पठाऊ, किनभने जसले ममाथि १ पटक दरूद पठाउछ, उसलाई अल्लाह तआलाको १० कृपा मिल्छ । फेरी मेरोलागि अल्लाहसित ‘वसील:’ माग, यो जन्नतको एउटा उच्च स्थान हो । अल्लाहका भक्तहरूमध्ये एउटाले त्यो स्थान पाउनेछ । त्यो भक्त मै हुँ भन्ने आशावादी छु । त्यो उच्च स्थान ‘वसील:’ मलाई प्राप्त होस् भनेर जसले दुआ गर्छ, उसको लागि म सिफारिश (शिफाअत) गर्नेछु ।” (मुस्लिम : ३८४)

सर्वोत्कृष्ट दरूद : ‘दरूद इब्राहीमी’ “अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम् .... हो ।”

brightness_1 अजानपछिको दुआ ।

अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, एकजना सहाबीले प्रश्न गर्यो : ‘मुअज्जिन (अजान दिने व्यक्ति) ले त हामीभन्दा धेरै पुण्य कमाउने भयो’ यसको जवाफमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “तिमी पनि मुअज्जिन पछि-पछि जस्तै भन, अजानपछि दुआ गर र अल्लाहसित माग, तिम्रो कामना पुरा हुनेछ ।” (अबू-दाऊद : ५२४) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-कलेमुत्तैयिब : ७३ मा हेर्नुहोस्)

अनस (रदियल्लाहु अन्हु) को हदीसमा पनि यसको प्रमाण छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अजान र एकामतको बीचमा गरिएको दुआ रद्द हुँदैन ।” (निसाई : ९८९५), (इब्ने खोजैमहले १/ २२१, ४२५ मा ‘सही’ भनेका छन् ।