languageIcon
search
search
beforeFajronColorIcon सोनन् गैर-मौकूतह/ वजूका केही सुन्नतहरू/ ( यसका रकातहरू 10 सुन्नतहरू )
brightness_1 मिस्वाक (दतिवन) गर्नु

वजू गर्दा मिस्वाक (दतिवन) गर्नु सुन्नत हो ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “यदि मेरो उम्मत (अनुयायी) को लागि कष्ट नहुने भएको भए म वजू गर्दा हरेक चोटि मिस्वाक गर्ने आदेश दिने थिएँ ।” (अहमद : ९९२८) र इब्ने खोजैमहले : १/७३, १४० मा र हाकिमले १/२४५ मा ‘सही’ भनेका छन् तथा इमाम बुखारीले ‘सिवाकु र्रतबे वल्-याबिस लिस्साएम’ नामी अध्यायमा तालीकन तथा जजमका साथ बयान गरेका छन् ।

आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, हामी उहाँको लागि मिस्वाक र वजू गर्नको पानी तयार गरेर राख्ने गर्थ्यौं । अल्लाहको मर्जी अनुसार उहाँ रातमा ब्यूँझनु हुन्थ्यो अनि मिस्वाक र वजू गरेर सलाह पढ्नु हुन्थ्यो ।” (मुस्लिम : ७४६)

brightness_1 सुन्नत तरिकाले टाउकोको मसह गर्नु (घस्नु) ।

टाउको मसह गर्ने (घस्ने) तरिका : दुवै हातलाई पानीमा भिजाएर निधारबाट शुरू गरेर टाउकोको पछाडि गर्धनसम्म घस्नुहोस्, फेरी पछाडिदेखि घस्दै अगाडि निधारसम्म ल्याउनुहोस् ।

महिलाले पनि उस्तै गर्धनसम्म मसह गर्नुपर्छ र तलसम्म झुन्डिएको चुल्टोमा मसह गर्नुपर्दैन ।

यसको प्रमाण :

अब्दुल्लाह बिन जैद (रदियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वजूको तरिका वर्णन गर्ने क्रममा भनेका छन् : “उहाँले निधारदेखि टाउकोको पछाडि भागसम्म मसह गर्नुभयो, फेरी टाउकोको पछाडि भागदेखि निधारसम्म निरन्तर मसह गर्नुभयो ।” (बुखारी : १८५), (मुस्लिम : २३५)

brightness_1 ३/३ चोटि धुनु ।

स्मरण रहोस्, वजू गर्दा एक पल्ट धुनु अनिवार्य र दोहोर्याई तेहराई धुनु सुन्नत हो । तर, ३ भन्दा बढी धुनु हुँदैन ।

यसको प्रमाण :

अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले १/१ पटक धुएर वजू गर्नुभयो ।” (बुखारी : १५७)

अब्दुल्लाह बिन जैद (रदियल्लाहु अन्हु) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले २/२ पटक धुएर वजू गर्नुभयो ।” (बुखारी : १५८)

उस्मान (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ३/३ पटक धुएर वजू गर्नुभयो ।” (बुखारी : १५९)

तसर्थ, कहिले १ पल्ट, कहिले २ पल्ट र कहिले ३ पल्ट धुएर वजू गर्नु राम्रो हो । यसरी सम्पूर्ण हदीसमाथि अमल गर्न सकिन्छ । तर ३/३ चोटि धुनु उत्कृष्ट तरिका हो ।

त्यसैगरी अनुहार ३ चोटि, हात २ चोटि र खुट्टा एक चोटि पनि धुन सकिन्छ । (अब्दुल्लाह बिन जैद (रदियल्लाहु अन्हु) को अर्को हदीसमा छ, जादुल्-मआद १/१९२ मा हेर्नुहोस्)

brightness_1 वजूपछिको दुआ पढ्नु ।

उमर (रदियल्लाहु अन्हु) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले राम्रोसँग वजू गर्छ अनि ‘अश्हदु अल्ला इला ह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह’ पढ्छ, उसको लागि जन्नत (स्वर्ग) का आठैवटा ढोकाहरू खोलिनेछ र ऊ जुनसुकै ढोकाबाट जन्नतमा प्रवेश गर्न सक्छ ।” (मुस्लिम : २३४)

वा अर्को दुआ जुन अबू-सईद (रदियल्लाहु अन्हु) को हदीसमा प्रमाणित छ : “जसले वजूपछि ‘सुब्हान कल्लाहुम्म व बिहम्दिक अशहदु अल्ला इला ह इल्ला अन्त, अस्तग-फेरूक व अतूबो एलैक’ पढ्छ, अल्लाह तआलाले त्यसमा छाप हानेर आर्शमुनि सम्मानका साथ राखि दिनुहुनेछ र यो छाप कयामतसम्म बाँकी रहनेछ ।” (निसाईको ‘अमलुल्-यौम वल्-लैलह’ पृष्ठ न० : १४७ मा हेर्नुहोस्), (हाकिम १/७५२)

इब्ने हजर (रहेमहुल्लाह) ले भनेका छन् : “उक्त हदीस मर्फुअन (रसूलबाट) प्रमाणित छैन, यो मौकूफन (सहाबीबाट) प्रमाणित छ, तर यो मर्फुअन (रसूलबाट) कै कायममुकाम छ, किनभने यस्ता कुराहरू आफ्नो मनले भन्न सकिदैन ।” (नताएजुल्-अफ्कार १/२४६ मा हेर्नुहोस्)