languageIcon
search
search
beforeFajronColorIcon सोनन् मौकूतह/ ईशाको समय ( यसका रकातहरू 4 अध्यायहरू )
brightness_1 नमाजीको लागि केही समस्या छैन भने ईशा सलाह ढिलोगरी पढ्नु अफजल (उत्कृष्ट) हो ।

यसको प्रमाण :

आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक रात ईशामा सलाह धेरै ढिलो गर्नु भएको थियो, यहाँसम्म कि रातका धेरै हिस्सा बितिसकेको थियो र प्रायः मानिसहरू पनि सुतिसकेका थिए । त्यसपछि उहाँ आउनुभयो र ईशाको सलाह पढाउनु भयो र भन्नुभयो : ‘यो नै ईशा सलाहको उत्कृष्ट समय हो । मेरो उम्मतको लागि दु:ख र समस्या नहुने भएको भए, म यसै समयमा ईशा सलाह पढ्न आदेश दिन्थे ।” (मुस्लिम : ६३८)

त्यसैगरी घरमै सलाह पढ्ने महिला वा यात्रामा रहेको यात्रीको जमातसँग कुनै सम्बन्ध छैन भने उनीहरूले ढिलोगरी ईशाको सलाह पढ्नु अफजल हो ।