languageIcon
search
search
beforeFajronColorIcon सोनन् मौकूतह/ जुहरको समय/ ( यसका रकातहरू 3 सुन्नतहरू )
brightness_1 अत्याधिक गर्मीमा जोहरको सलाह ढिलोगरी पढ्नु सुन्नत हो ।

यसको प्रमाण :

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “गर्मी अत्याधिक बढेपछि ढिलोगरी जोहरको सलाह पढ्नु, किनभने नर्कको बाफले गर्मी बढ्छ ।” (बुखारी : ५३३,५३४), (मुस्लिम : ६१५)

हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “यदि जोहरको सलाह १२ बजे र अस्रको सलाह साढे ४ बजे छ भने अत्याधिक गर्मीमा ४ बजेसम्म ढिलोगरी पढ्न सकिन्छ ।” (अल्-मुमतेअ २/१०४ मा हेर्नुहोस्)

स्मरण रहोस् : अत्याधिक गर्मीमा जोहरको सलाह ढिलोगरी जमातमा पढ्ने वा एक्लै पढ्ने सबैको लागि सुन्नत हो । त्यसैगरी महिलाले पनि घरमा ढिलोगरी पढ्नु सुन्नत हो । यही भनाईलाई हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले मन पराएका छन् ।